रुकुम पूर्वमा माओवादी केन्द्रका पूर्ण घर्तीको जित सुनिश्चित

रुकुम पूर्व । रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती मगरको जित सुनिश्चित भएको छ ।

लुम्बिनी प्रदेशका संस्थापक सभामुख समेत रहेका घर्तीले पछिल्लो मतपरिणाम अनुसार १० हजार ९ सय २० मत ल्याएका छन् । जिल्लामा खसेको कुल मत हेर्दा घर्तीको जित सुनिश्चित भएको हो ।

उनका निटकम प्रतिस्पर्धी मानिएका नेकपा एमालेका कैलाशकुमार मल्लले चार हजार चार सय १७ मत पाएका छन् । अहिलेसम्म प्राप्त भएको मत हेर्दा घर्ती ६ हजार ५ सय ३ मतसहित अग्र स्थानमा छन् । गणना गर्न बाँकी रहेको सबै मत मल्लको पक्षमा आए पनि घर्तीलाई भेटाउन मुस्किल छ ।

यसैगरी स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ८६२, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका खिमबहादुर खत्रीले ३३६, मंगोल नेशनल अर्गनाइजेसनका रतन बहादुर बुढाले ४६४ र नेश्रलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले २८६ मत पाएका छन् । अब प्रतिनिधिसभा तर्फ दुई वडाको मतगणना गर्न बाँकी छ ।

प्रतिक्रिया