काठमाडौं–१ ‘ख’ मा कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित

काठमाडौं । काठमाडौं–१ ‘ख’ मा नेपाली कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित भएका छन् ।

नेकपा (एमाले)का गणेशप्रसाद दुलाललाई १,७५७ मतले पछि पार्दै लामिछाने निर्वाचित भएका हुन् ।

उनी एमालेका दुलालसँग यसअघिको निर्वाचनमा पराजित भएका थिए । लामिछाने ४,५१० मतसहित निर्वाचित हुँदा एमालेका दुलालले २७५३ मत पाएका छन् ।

प्रतिक्रिया