लमजुङ । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा लमजुङमा ६० दशमलव ५८ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटाका अनुसार लमजुङमा १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकामा ८० हजार ९१७ मत मात्रै खसेको छ । जिल्लामा ४२ हजार ९ सय ३२ महिला र ३७ हजार ९ सय ८५ पुरुषले मतदान गरेका छन् ।
लमजुङका १ सय ३० वटा मतदानस्थलको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । जिल्लामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको छ ।
लमजुङ
प्रतिक्रिया