इलाम । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलब ४४ प्रतिशत मत खसेको छ । २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा १ लाख २९ हजार १सय ७५ मत खसेको हो ।
जसमध्ये ६८ हजार ४ सय ५७ जना पुरुष र ६० हजार ७ सय १७ जना महिला मतदानमा सहभागी भएका छन् ।
दुई वटा निर्वाचन क्षेत्रका १ सय ५० मतदान स्थलका २ सय ८५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले जानकारी दिए ।
अहिले मतदान केन्द्रहरूबाट मतगणनास्थलहरूमा मतपेटिका संकलनको काम प्रारम्भ भइसकेको छ । राती अवेर सम्ममा मतपेटिका संकलन भईसकेपछि सोमबार बिहान सर्वदलिय बैठक बसेर दुई वटै निर्वाचन क्षेत्रको मतगणना सुरु गर्ने निर्वाचन कार्यालय इलामका प्रमुख देवीचरण फुँएलले जानकारी दिए ।
दुई वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको इलामममा मुख्य प्रतिष्पर्धा नेकपा एमाले र पाँच दलीय गठबन्धनबीच रहेको छ । क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग एमालेका जिल्ला अध्यक्ष मेहश बस्नेतले प्रतिषेपर्धा गरेका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ मा पुर्व संविधान सभा अध्यक्ष एवम् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र कांग्रेसका जिल्ला सभापति डम्बर खड्काले प्रतष्पर्धा गरेका छन् ।
मतपत्र फरक परेपछि !
इलामको माङसेबुङ गाउँपालिका-३ चिबुवास्थित जनकल्याण आधारभूत विद्यालय केन्द्र ‘ख’ मा मतपत्र फरक परेपछि करिब आधा घण्टा मतगणना स्थगित भएको थियो ।
समानुपातिक तर्फ प्रतिनिधिसभा निर्वाचनको लागि प्रदेशसभा निर्वाचनको मतपत्र दिएको खुलेपछि विहान करिब १० बजेदेखि आधा घण्टा मतदान स्थगित भएको थियो ।
मतदान अधिकृत लक्ष्मणकुमार मिश्रका अनुसार ४८ जनाले मत खसाइसकेपछि गलत मतपत्र परेको खुलेको थियो ।
प्रदेश सभाका लागि खसाएको ४८ मत प्रतिनिधि सभाका लागि समेत कायम गरेर गणना गर्ने सहमति सहमति भएपछि मतदान पुन: सञ्चालन भएको थियो ।
इलाम
प्रतिक्रिया