धनगढी । कैलालीमा ६१ दशमलव १ प्रतिशत मत खसेको छ । साँझ ५ बजेसम्म ६१ दशमलव १ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए ।
उनका अनुसार ५ बजेभित्र मतदान स्थल पुगेका मतदाताले पछिसम्म मतदान गरेकाले खसेको मतको एकिन विवरण आइसकेको छैन् ।
जिल्लामा ५ लाख ३५ हजार ५१४ मतदाता रहेका छन् । प्रतिनिधि सभाका ५ र प्रदेश सभाका १० निर्वाचन क्षेत्र रहेको कैलालीमा २ सय ३७ वटा मतदानस्थल र ६ सय २९ मतदान केन्द्र रहेको तथा ८ वटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएका थियो ।
कैलाली
प्रतिक्रिया