७० प्रतिशतभन्दा माथि मतदान हुन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७० प्रतिशतभन्दा धेरै मत खस्ने बताएका छन् । भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा मतदान पछि सञ्चारकर्मीसँग उनले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताए ।

उनले देशैभर मतदान सुरु भइसकेको भन्दै विवेकताका साथ मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन् । उनले सबै मतदातालाई मतदानमा सहभागी हुन उनको अपिल छ ।

थपलियाले देशैभरको निर्वाचनको अनुमगन केन्द्रबाट भइरहेको जानकारी दिए । अहिलेसम्मको सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारीमा कुनै कमजोरी हुन नदिइएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने उनको विश्वास छ । उनले मतदान गर्न केही समय लागेकाले व्यवस्थापकीय कामलाई थप सहजिकरण गर्न निर्वाचन अधिकृतहरुलाई आग्रह गरे ।

निर्वाचन सकिएलगतै मतपेटिका संकलन भएपछि मतगणना सुरु हुने उनले बताए । थपलियाले मंसिर २२ गतेसम्म निर्वाचनको सम्पूर्ण काम सम्पन्न गर्ने दाबी गरे ।

प्रतिक्रिया