काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनलाई लिएर यतिबेला गृह मन्त्रालय प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा व्यस्त छ । शुक्रबार मात्रै मधेस प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न भयो । गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रि«य अनुसन्धान विभागका प्रमुख, आठ वटै जिल्लाका प्रहरी प्रमुखसँगै प्रमुख जिल्ला अधिकारी लगायतको सहभागितामा सम्पन्न सुरक्षा गोष्ठीमा सुरक्षा निकायलाई उपलब्ध स्रोध÷साधनको उच्चतम प्रयोग गरी निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने निर्णय भएको छ ।
आसन्न निर्वाचनमा देशभर करिब ११ हजार मदानस्थल छन् । तीमध्ये सुरक्षा निकायकै सुझावमा सरकारले ३ हजार ६५ मतदानस्थललाई अतिसंवेदनशील र ४ हजार ४ सय ७८ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेको छ । मधेस प्रदेशका ८ वटा जिल्लासँगै झापा, सुनसरी, मोरङ, कपिल्वस्तु, कैलालीलगायत जिल्लाका मतदानस्थललाई सरकारले अतिसंवेदनशील मानेको छ । निर्वाचनलाई भयरहीत ढंगले सम्पन्न गर्न प्रहरीलाई चाहिने हतियार, सञ्चार सेट र सवारीसाधन भने अपुग रहेको विषयमा गम्भीर रूपमा उठाइएको छ ।
यो रिर्पोट गृह मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म पुग्दा पनि यथेष्ट सामग्री सुरक्षा निकायलाई उपलब्ध हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयका अनुसार, नेपाल प्रहरीसँग करिब सात हजार सञ्चारसेट मात्रै छन् । अत्यावश्यक स्रोत–साधनसमेत पर्याप्त नहुँदा निर्वाचनमा योजनाअनुसार काम गर्न नसकिने प्रहरीको गुनासो छ । प्रहरीलाई निर्वाचनमा १५ हजार ४ सय ९४ वटा सञ्चार सेट आवश्यक पर्ने भए पनि हाल ७ हजार ९ सय ४३ वटा सेट मात्रै प्रहरीसँग छ ।
सञ्चार सेट नहुँदा मोबाइलकै भरमा सञ्चारको काम गर्नुपर्ने बाध्यता रहेको प्रहरीको गुनासो छ । निर्वाचनमा मतदान पेटिका ओसारपसार र सुरक्षाकर्मी परिचालन गर्न २ हजार ९८ वटा साना र ठुला सवारी साधन आवश्यक पर्ने प्रहरी मुख्यालयले जनाएको छ । तर, हाल प्रहरीसँग काम दिने खालको जम्मा ५ सय ६२ वटा मात्रै सवारी साधन छन् । बाँकी प्रहरीले भाडाका सवारी साधनमार्फत नै काम चलाउने भएको छ । प्रहरी मुख्यालयका अनुसार, एकै चरणमा निर्वाचन गराउँदा प्रहरीलाई स्रोत÷साधनको अभाव भएको हो ।
गृह मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन सुरक्षा गोष्ठीमा पनि सुरक्षा निकायका प्रतिनिधिले पर्याप्य स्रोत÷साधन नभएको गुनासो गृहसचिव र संगठन प्रमुखलाई गर्दै आएका छन् । नेपाल प्रहरीले निर्वाचनका लागि १ सय ८० वटा गाडी खरिद गरेको छ ।
भारत सरकारले चुनावकै अवसरमा नेपाल सरकारलार्ई १ सय २० वटा गाडी अनुदानमा दिएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले प्रहरीले उपलब्ध स्रोत÷साधनको उच्चतम प्रयोग गरेर निर्वाचनलाई भयरहित ढंगले सम्पन्न गर्ने बताए ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, मोहन वैद्य समूहलगायत केही साना पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् । सुरक्षा निकायले पनि यी पार्टीका गतिविधिलाई सुक्ष्म ढंगले निगरानी गरेका छन् । निर्वाचन सामग्री ओसारपसार र मतदान केन्द्रमा हुन सक्ने सम्भावित खतराको मूल्यांकन गरेर सुरक्षाकर्मी परिचालित गरिने प्रहरी प्रवक्ता टेकप्रसाद राई बताउँछन् ।
उनले भने, ‘हामीलाई स्मार्ट पुलिसिङ चाहिएको छ तर, स्रोत साधन खै ? सम्बन्धित निकायमा पटकपटक जाहेर गरेका छौँ । आश्वासन आउँछ तर, देशको अवस्था हेरेर प्रहरीले उपलब्ध स्रोत साधनबाटै काम चलाउनुपर्ने बाध्यता छ ।’
गृह मन्त्रालयका अनुसार निर्वाचनमा करिब २ लाख ९५ हजार सुरक्षाकर्मी खटिँदै छन् । करिब ७२ हजार नेपाल प्रहरी, ७० हजार नेपाली सेना, ३५ हजार सशस्त्र प्रहरी, दुई हजार राष्ट्रिय अनुसन्धान विभाग र १ लाख १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिँदै छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १० हजार ८ सय ८८ वटा मतदानस्थल रहनेछन् । निर्वाचन आयोगले मतदानस्थल पुनरावलोकन गर्दा देशभरका ४ सय १ वटा मतदानस्थललाई हटाएर नयाँ मतदानस्थल निर्धारण गरेको जानकारी आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दिए ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षामा त्रुटी हुन नदिन सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको बताए । उनले भने, ‘स्रोध÷साधनले कहिल्यै पुग्दैन, अहिले जे छ त्यसैको अधिकतम प्रयोग गर्ने हो ।’
नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, मोहन वैद्य समूहलगायत केही साना पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् । सुरक्षा निकायले यी पार्टीका गतिविधिलाई सुक्ष्म ढंगले निगरानी गरेका छन् । निर्वाचन सामग्री ओसारपसार र मतदान केन्द्रमा हुन सक्ने सम्भावित खतराको मूल्यांकन गरेर सुरक्षाकर्मी परिचालित गरिने जानकारी प्रहरी प्रवक्ता डिआइजी राईले दिए ।
प्रतिक्रिया