पाँचथरमा म्यादी प्रहरीको तालिम सम्पन्न

पाँचथर । जिल्ला भरि निर्वाचन मा खटिने एक हजार बाह्र म्यादी प्रहरीको तालिम सकेर समापन भएको छ।
दिपावली मनाउदै जिल्ला प्रहरी कार्यालयले समापन समारोह आयोजना गरेको थियो । समापनमा फिदिम नगरपालिका भित्र मतदान केन्द्र मा खटिने म्यादी प्रहरीले नृत्य, गायन, सामुहिक देउसी भैलो खेलेर मनोरञ्जन लिएका थिए । उक्त समारोहमा तालिम संयोजक हरुलाई सम्मान गरिएको थियो ।

म्यादी लाइ निर्देशन दिंदै सिडिओ गणेश गैरेले मतदान केन्द्रमा सुरक्षाको प्रत्याभूति दिन निष्पक्ष हुन् सुझाएका थिए । त्यस्तै समारोहका प्रमुख अतिथि मुख्य निर्वाचन अधिकृत विकेन्द्र दाहालले म्यादी प्रहरीले मतदान केन्द्रमा कुनै पार्टीको पक्ष लागेमा कानुन बमाेजिम सजाय भोग्नु पर्ने बताए ।

समारोहका अध्यक्ष तथा डिएसपी हरि खतिवडाले जिल्ला भित्रका केन्द्रमा खटिन तालिम लिएका म्यादी प्रहरीले तालिम लिएकोमा धन्यवाद ज्ञापन गरे । संघ र प्रदेश प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरीले १० दिने तालिम लिएका छन् । तालिम समारोहमा फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो। समारोहमा सुचना अधिकारी सन्तोष राईले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया