प्रहरी परिसरमा वृक्षारोपण

पाँचथर । जिल्ला प्रहरी कार्यालय परिसरमा आइतबार बिहान विभिन्न जातका वृक्षारोपण गरिएको छ । ६७औँ प्रहरी दिवसको अवसरमा वृक्षारोपणका साथै सरसफाई कार्यक्रम गरिएको हो ।

प्रहरी परिसरमा धुपी, गोब्रे, मसलालगायत विभिन्न जातका फलफूलका ५० थान बिरुवा रोपण गरिएको सूचना अधिकारी सन्तोष राईले जानकारी दिए । सो अवसरमा फिदिम बजार सिरान शिवालय मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

वृक्षारोपण र सरसफाई अभियानमा फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, सिडिओ गणेश गैरे , डिएसपी हरि खतिवडा, सशस्त्र प्रहरी प्रमुख सरकारी निकायका प्रमुखहरु, प्रहरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया