मकवानपुर । टोल विकास संस्था स्तरीय हेटौँडा—१५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि भोर्ले टोल विकासले जितेको छ । आज रातोमाटेस्थित सशस्त्र प्रहरी मुख्यालयको खेलमैदानमा सम्पन्न भएको प्रतियोगिताको उपाधि भोर्लेले जितेको हो ।
भोर्ले टोल विकास र रातोमाटे टोल विकास बीच भएको फाइनल खेलमा ४ः० गोलले रातोमाटेलाई पछि पार्दै भोर्लेले उपाधि जितेको हो । खेलको ३१औँ मिनेटमा भोर्ले टिमको तर्फबाट विश्वास भोलनले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाममा प्रतिष्पर्धात्मक खेल प्रर्दशन गरेता पनि फाईनल खेलको दोस्रो हाफमा भने रातोमाटेले खासै खेल प्रर्दशन गर्न सकेन ।
दोस्रो हाफको ११ औँ मिनेटमा बिन ब्लोनले १ गोल र बिशाल भोलनले खेलको २६ औँ र ३१ औँ मिनेटमा २ गोल गर्दै भारी गोल सहित विजयी भएको हो ।
उत्कृष्ट प्रर्दशन गर्दै म्यान अफ द म्याच बिशाल भोलन घोषित भए । प्रतियोगितामा भोर्ले टोल विकासका बोब्मे घलान उत्कृष्ट गोल किपर, रातोमाटेका रितेश श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, रातोमाटेकै अनिश मोक्तान उत्कृष्ट फर्वाड, भोर्लेका बिपुल भोलन डिफेन्डर र बिनन भोलन सर्बोत्कृस्ट खेलाडी घोषित भए । प्रथम पुरस्कर वडा कार्यालय र द्धितिय पुरस्कार मोतिदान कन्स्ट्रक्सन प्रालिले प्रायोजन गरेको संस्थाका सचिव युवराज मोक्तानले बताए ।
सामाजिक सद्भाव अनि उत्कृष्ट फुटबल खेलाडीहरु उत्पादन गर्ने उदेश्यले टोल विकास संस्था समन्वय समिति हेटौँडा–१५ को आयोजनामा प्रतियोगिता भएको संस्थाका अध्यक्ष सिङबहादुर विश्वकर्माले जानकारी दिए । प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उपाधीसँगै विजेताले नगद ५१ हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेताले नगद ३० हजार मेडल, प्रमाणपत्र प्रदान गरेको संस्थाका सचिव युवराज लामाले बताए । प्रतियोगिता असोज ६ गतेदेखि १५ गते सम्म संचालन भएको थियो । प्रतियोगिता नकाउटका आधारमा खेलाईएको थियो ।
प्रतियोगिताको अवसरमा बोल्दै हेटौँडा उपमहानगरपालिकाका मेयर मिना लामाले युवालाई खेलको माध्यमबाट अघि बढाउन प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताइन् । उनले भनिन्, ‘युवालाई खेलकूदको माध्यमबाट अघि बढाउन नगरपालिकाले बजेट विनियोजन गर्छ र सदैव नगरले युवालाई साथ दिनेछ ।’
वडाध्यक्ष सुनिल मोक्तानले खेलकुदको माध्यमबाट नै उर्जा बढ्ने उल्लेख गर्दै यही प्रतियोगिताबाट पनि धेरै खेलाडी उत्पादन भएको बताए । वडाले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिताको अन्त्यसँगै संस्थाका अध्यक्ष सिङबहादुर विश्वकर्माले खेल अवधीभर विभिन्न खेल सामाग्रीहरू उपलब्ध गराएर र खेलमैदान उपलब्ध गराइदिएर प्रतियोगितालाई अझ साथ र सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
मकवानपुर
प्रतिक्रिया