कांग्रेस बझाङले माओवादी राेज्ने, समाजवादी छाेड्ने

बझाङ । नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गर्ने र एकीकृत समाजवादी पार्टी सँग मित्रवत ढंगबाट चुनाबमा जाने घोषणा गरेको छ । सोमवार पार्टी जिल्ला सभापति खडकबहादुर बोहराले विज्ञप्तिमा जारी गर्दै सो कुरा जानकारी दिएका हुन् । उनले नेपाली कांग्रेसका नेता कार्यकर्ताको चाहाना अनुरुप प्रतिनिधी सभा र प्रदेश सभामा गठबन्धन गर्ने बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘जिल्लामा स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले गठवन्धनका सम्पूर्ण उम्मेदवारलाई सघाएपनि घात गरेको भन्ने व्यापक गुनासो आएकोले कांग्रैसले आफ्नो अडान राखेको हो ।’ मतदाताबाट प्राप्त सुझावलाई आधार मान्दै यस्तो निर्णय गरेको उनले ।

प्रतिक्रिया