लमजुङ । लमजुङकाे डुम्रे बेसीशहर चामे सडकखण्ड अन्तरगत जिल्लाको सदरमुकाम बेसीशहर नगरपालिका वडा नं.–१, भित्र पर्ने उदिपुरको पहिरो नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयले २१ करोड रकम उपलब्ध गराएको छ । सडक डिभिजन कार्यालयले निर्माणको जिम्मा पाएको डुम्रे बेसीशहर चामे सडक अन्तरगत उदिपुर पहिरोका लागि १९ करोड रकम विनियोजन गरेको छ ।
भिषण पहिरोले मोटर बाटो ठप्प बनाएपछि समग्र उत्तरी लमजुङ साथै मनाङ जिल्लाको यातायात रोकिन पुगेको थियो । यसरी मनाङ र उत्तरी लमजुङका बासिन्दाले भोग्नु परेको सास्तीलाई ध्यानमा राखेर भौतिक पूर्वाधार मन्त्रालयले तत्काल काम थालनी गर्नका लागि २१ करोड रुपैयाँ छुट्याएको सांसद देव गुरुङका स्वकीय सचिव कमल खड्काले बताए ।
गत वर्ष गएको पहिरोले सडक बगाएपछि त्यसभन्दा कुुनाबाट अस्थायी ट्रयाक खोलेर यातायात सुचारु गरिएको थियो । यसवर्ष वर्खा लाग्ने वित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाक समेत पूरै सडक पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको छ । अस्थायी रूपमा यातायात सञ्चालन गर्नका लागि चिप्लेटीबाट नेपाली सेनाको ब्यारेक झरेर उदिपुर जाने व्यवस्था गरियो । त्यहाँ पनि सोही पहिरो माथिबाट झरेको झर्यै हुँदा तल बाटो थुनिरहेको छ । बाटो थुनिएको धेरै समयपछि डोजरले बाटो सफा गरेर चलाउने काम हुँदै आएको छ । त कहिले बेसीशहरबाट चिप्लेटीसम्म र उदिपुरबाट फेरि अर्को गाडीमा यातायात गर्नुपर्ने बाध्यता वा सास्ती भोग्नु परिरहेको छ ।
लमजुङ
प्रतिक्रिया