लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले दुई थान बन्दुकसहित क्वोहोलासोथर गाउँपालिका– ८ घाम्राङ घर भई वडा नम्बर ९ साल्मे बस्ने वर्ष २७ का यमबहादुर राना मगरलाई पक्राउ गरेको हो ।
लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार विशेष सुराकको आधारमा प्रहरी टोलीले मंगलबार एक थान लोड गरेको र एक थान अनलोड गरेको अवस्थामा दुई थान भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका रानामगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिएका छन् ।
प्रतिक्रिया