समाजवादमाथि बहससँगै नमोबुद्ध घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपालको समाजवादी मोडलको रुपरेखाका बारेमा शहस भएको छ । अखिल नेपाल लेखक संघ, वागमती प्रदेश समितिको आयोजनामा प्रा. डा. राजनप्रसाद पोखरेलले ‘नेपाली मौलिकता सहितको समाजवादी समाजबारे’ विषयक कार्यपत्रमाथि बहस भएको हो । उनले विभेदरहित समानतामा आधारित समाज निर्माणका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्योग लगायतका विषयको समाजवादी अवधारणा र रुपरेखाका बारेमा चर्चा गरे ।

उनको कार्यपत्रमाथि अर्थविज्ञ तथा माक्र्सवादी चिन्तक डी. पी. ढकालले टिप्पणी गरे । उनले सारभूत रुपमा कार्यपत्रले उठाएको विषय ठीक भए पनि नेपालको ऐतिहासिक तथा वस्तुगत रुपको समेत अध्ययन जरुरी रहेको धारणा व्यक्त गरे । ढकालले नेपाली समाजको चरित्र अनुसारको समाजवादको मोडल विकास गर्नुपर्नेमा जोड दिए । उनले छलफलमा अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष डा. धनप्रसाद सुवेदी, भाषा तथा लोकवार्ता परिषद् नेपालका संयोजक डा. बालकृष्ण अधिकारी, राष्ट्रिय प्राध्यापक संगठनका वागमती प्रदेशका अभ्यक्ष भीम रेग्मी, जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष केशव सिलवाल, साहित्यिक पत्रकार संघका महासचिव चेतनाथ धमला लगायतले समाजवाद र यसको आगामी मार्गसागै चरित्रका विषयमा बहस गरेका थिए ।

यस्तै सो अवसरमा संघको वागमती प्रदेश समितिले गएको असार ३१ र ३२ गते काभ्रेपलाञ्चोकको नमोबुद्दमा आयोजना गरेको ‘समाजवादी साहित्य चिन्तन २०७९’ को निष्कर्षलाई समेत सार्वजनिक गरेको छ । ‘समाजवादी साहित्य चिन्तनसम्बन्धी नमोबुद्ध घोषणापत्र’ को नेकपा (माओवादी केन्द्र) को कला, साहित्य तथा संस्कृति विभागका प्रमुख भाषाविज्ञ डा. गोपाल ठाकुर, प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष डा.मधुसूदन गिरी, प्रा.डा. राजन पोखरेल, प्रलेसका केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेत, अखिल नेपाल लेखक संघका वागमती प्रदेश समिति अध्यक्ष अगिब बनेपालीले सार्वजनिक गरे । घोषणापत्रमा वर्तमान सन्दर्भमा समाजवादी साहित्य, वर्तमान सन्दर्भमा पहिचान, वर्तमान सन्दर्भमा लोकवार्ता, वर्तमान सन्दर्भमा बालसाहित्य र वर्तमान सन्दर्भमा सङ्गठनका पक्षलाई सारभूत रुपमा उठान गरिएको छ । सो कार्यक्रममा कलाकार तथा जनसांस्कृतिक महासंघ नेपाल वागमती प्रदेशका अध्यक्ष विश्व दोङ तथा प्रलेस केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले समाजवाद र यसको रुपका बारेमा चर्चा गरेका थिए ।

नमोबुद्ध घोषणापत्रः

प्रतिक्रिया