वरिष्ठ छायांकार पाण्डेको निधन

काठमाडौं । नेपाली कला क्षेत्रका वरिष्ठ छायांकार बिदुर पाण्डेको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

पारिवारीक श्रोतका अनुसार पाण्डेलाई सीतापाइलास्थीत आफ्नै घरमा हृदयाघात भएपछि उपचारको लागि गंगालाल अस्पताल पुर्याइएको थियो ।

उनलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । ‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायांकार हुन् ।

प्रतिक्रिया