काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद् बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठक अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् ।
उक्त बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक प्रतिवेदनमा समूहगत छलफल गरि पारित हुने बताइएको छ ।
बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीले जनाएको छ । पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने छ ।
बैठकमा पार्टीका महासचिव डा. वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।
सो प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्याबारे चर्चा गर्दै आगामी कार्यदिशाबारे उल्लेख छ ।
सो प्रतिवेदनमा बैठकमा सहभागीहरुले छलफल गरेर पार्टीको आगामी कार्यदिशा तय गर्नेछन् ।
प्रतिक्रिया