ललितपुरमा चिरिबाबुलाई १५७४० मतको अग्रता

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा पुःन चिरिबाबु महर्जन निर्वाचित हुने भएका छन् । ७९ हजार ८ सय ६३ मत गणना हुँदा चिरिबाबुले ३९ हजार २ सय ३२ मत ल्याएका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारले २३ हजार ४ सय ९२ मत पाएका छन् । उनीहरूबीचको मतान्तर १५ हजार ७ सय ४० छ ।

गन्न बाँकी मत भने ५ हजार ९ सय ९८ मात्रै छ । यस्तै उपमेयरतर्फ एमालेकी मन्जली शाक्यले २३ हजार ७३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् । ललितपुर महानगरपालिकामा अहिले २७ र २८ को मतगणना जारी छ भने २९ को गणना तयारी भइरहेको छ ।

जम्मा ५ हजार ९९८ मत गन्न बाँकी रहेको र रातिसम्म अन्तिम मतपरिणाम आउने ललितपुरका मुख्य निर्वाचन अधिकृतको किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया