सिप्रिङ जलविद्युत्को निर्माण सकियो

दोलखा : सिनर्जी पावर डेभलपमेन्ट प्रालिल्ो प्रवद्र्धन गरेको ९ दशमलव ६ मेगावाटको सिप्रिङ जलविद्युत् आयोजना  निर्माण कार्य पूरा भएको छ । गौरीशंकर र खारे गाविसको सिमानामा गरी सिप्रिङ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने पनि आयोजनाका प्रमुख प्रह्लाद चौधरीले बताए ।
उत्पादित बिजुली यसै महिनाको अन्तिम साताभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने पनि उनले बताए । गौरीशंकर गाविसको मूल खर्कमा बनेको इन्टेकमार्फत डेढ किलोमिटरको सुरुङ हुँदै ६ सय ६५ मिटर पेन स्टक पाइपद्वारा पानी पावर हाउसमा ल्याएर बिजुली निकालिँदै छ । यो आयोजनाका लागि सानिमा विकाश बैंकको नेतृत्वमा बैंक अफ काठमाडौं बैंक नबिल बैंकले एक अर्ब १० करोड ऋण लगानी गरेका छन् । आयोजना एक अर्ब ३०
करोड रुपियाँको लागतमा सम्पन्न भएको हो ।
प्राधिकरणकै अधिकारीले यसअघि कात्तिक अन्तिमसाता नै आयोजनाको मेसिन टर्वाइनलगायत प्रविधि र उपकरण परीक्षण र जाँच गरिसकेका थिए । नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाका प्रमुख गोपालचन्द्र खतिवडाका अनुसार यो आयोजनाबाट उत्पादित बिजुलीलाई माथिल्लो तामाकोसी  आयोजनाको गांँेगरमा पुर्‍याइने भएको छ । त्यहाँ खपत हुने २ दशमलव ५ मेगावाट बाहेकको अन्य बिजुली ३ दशमलव ३ केभी लाइन हँुदै चरीकोटस्थित मकैबारी सबस्टेसनमा लगेर जोडिने जानकारी उनले दिए । (सौस)

प्रतिक्रिया