काठमाडौं । नेकपा (एमाले) का तर्फबाट उपमेयर पदको उम्मेदवार बनेकी सुनीता डंगोलले अहिले बाध्यताले नेपाली युवाहरू विदेसिन बाध्य भइरहेको भन्दै महानरगमा निर्वाचित भएपछि महानगरभित्रै रोजगारीका कार्यक्रमहरू ल्याई युवाहरूलाई अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डंगोलले युवाहरूलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न तीनै तहका सरकारहरू मिलेर काम गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘यहाँ रोजगारी सिर्जना गर्न इनोभेसन हब र सेन्टरहरू स्थापना गर्नुपर्छ ।’ उनले धेरै युवाहरूले रुचाएको क्षेत्र आईटी भएको भन्दै त्यसलाई महानगरपालिकाले स्थानीय सरकार बनेर सघाउनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया