मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार मुम्बईको पाली हिल्स अर्पाटमेन्टमा परिवारका सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह भएको हो । हिन्दु संस्कार अनुसार उनीहरुको विवाह भएको थियो । उनीहरुलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना सामाजिक सञ्जालमार्फत प्राप्त भइरहेको छ । विवाहमा अभिनेता रणवीरका बुबा ऋषि कपुरको ठूलो तस्बिरसमेत राखिएको थियो ।
भौतिक शरीरमा नरहेका ऋषिको विवाहमा तस्बिरमार्फत उपस्थिति जनाइएको हो । आलिया र रणवीरको विवाह चार पण्डितले गरेका थिए । उनीहरुले लिने ७ फेरोका लागि गाँठो बाध्ने काम करण जौहरले गरेका थिए । सात फेरो अगाडि गायत्री मन्त्रसमेत सुनाइएको थियो । विवाह समारोहमा निर्देशक आयान मुखर्जी, अमिताभ बच्चनकी नातिनी नब्या नवेली, करिना कपुर खान, सैफ अलि खान, करिश्मा कपुर, महेश मट्ट, पूजा भट्ट, आकांशा रन्जन कपुर लगायतका कलाकारको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया