जब मोदीका अगाडि देउवाको जिब्रो चिप्लियो…

काठमाडौं । हैदरवाद हाउसको पत्रकार सम्मेलन कक्षमा नेपाल र भारत दुवै देशका अधिकारीहरु तोकिएका आसनमा थिए । बहिर सुरक्षा एकदम कडा थियो । शनिबार आयोजित नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजन गरेको संयुक्त पत्रकार सम्मेलनको दृष्य थिए यो ।

पत्रकार सम्मेलन हल झकिझकाउ थियो । पत्रकार सम्मेलमा अलिकति दाह्री मुसार्दै प्रवेश गरेका थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सँगै प्रवेश गरेका नेपालका प्रधानमन्त्री देउवाले सम्मेलनमा प्रवेश गर्दै गर्दा एक पटक आफ्नो चस्मा माथि धकेल्न भ्याए ।

प्रधानमन्त्रीसँग गएको जम्बो टोलीमा नेपालका सरकारी सञ्चार माध्यम र निजी क्षेत्रका गरी थुप्रै संख्यामा सहभगिता थियो । तर तिनको भारत भ्रमणको क्रममा बेला बेलामा ब्यबस्थापनमा बेहाल भएको देखिन्थ्यो ।

भारत भ्रमण जानुअघि परराष्ट्रमन्त्रलय मार्फत दिल्ली स्थित नेपाली राज दूतावासमा संचारकर्मी लगायत भ्रमण टोलीका सबैको नाम पठाइएको स्रोतले बतायो । तर, त्यसको आधारमा दूतावासले परिचय पत्र जारी नगर्दा सबैभन्दा मर्का परेको थियो नेपाली सञ्चारकर्मीहरुलाई ।

हैदरवाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा नेपालका सरकारी सञ्चार मध्यामलाई समेत सम्मेलन सुरु भएपछि मात्र भित्र पठाउने भनि हल बाहिरै रोकि राखेको थियो । तर, धरैले हो हल्ला गरेपछि उनीहरुलाई भने सम्मेलन सुरु हुनुभन्दा केही समय अगाडि भित्र जान अनुमति दिएको थियो ।

तर, निजी सञ्चार माध्यमलाई भने सम्मेलन सुरु भएपछि मात्र छोड्ने भन्दै रोकिएको थियो । हैदरावाद हाउसमा पत्रकार सम्मेलन सुरु भएपछि नेपाली सञ्चार माध्यमलाई छाडिएको थियो । भ्रमण टोलीका एक सदस्यका अनुसार यस पटकको देउवाको भारत भ्रमणलाई भारतीय सञ्चार माध्यमले त्यति महत्व दिएको देखिएन ।

त्यसैले भारतीय सञ्चार मध्यमका प्रतिनिधिहरुको खासै सहभागिता थिएन । पत्रकार सम्मेलनमा तयार थियो प्रधानमन्त्री देउवाको अंग्रेजीबाट लेखिएको भाषण । देउवाले बोलेको नेपालीनै बुझ्न कठिन थियो । तर, उनले अंग्रेजीबाट गरेको त्यो भाषण आधिले पनि नबुझेको ती भ्रमण टोलीका सदस्यले बताए ।

प्रधानमन्त्री देउवाको लटपटिएको स्वरमा अंग्रेजीबाट लेखिएको भाषण बाचन जारी रह्यो । करिव १५ मिनेट लामो उनको भाषण लगभग ६ मिनेटमा पुग्दा टक्क रोकियो । कारण थियो उनको जिब्रो लटपटयाई । उनले बीचमा रोकेर माननीय नरेन्द्र मोदी भन्ने ठाँउमा महेन्द्र मोदी भन्ने वाक्य उच्चारण गरे । उनको त्यो शब्द सुनेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही अप्ठ्यारो माने झै पल्याक पुलुक हेरेका थिए । तर लगतै देउवाले सच्चाए –माननीय नरेन्द्र मोदी ज्यू ।’

प्रतिक्रिया