राष्ट्रिय कृषिगणना समन्धी सचेतना गोष्ठी

बझाङ । बझाङमा राष्ट्रिय कृषिगणना समन्धी जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ । जिल्ला कृषि गणना कार्यालय बझाङको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा सचेतना गोष्ठी सम्पन्न भएकोे हो । ‘कृषि गणनाको सार कृषि योजनाकोे पुर्वाधार’ भन्ने मुल नाराका साथ राष्ट्रिय कृषि गणना २०७८ लाई सफल पार्न सरोकारवाला निकायहरुसँग सचेतना गोष्ठी समपन्न भएको जिल्ला कृषि गणना कार्यालय प्रमुख दिपेन्द्र धामीले बताए ।

सचेतना गोष्टिमा वोल्दै १० बर्षको अन्तराल पछि हुने गणना संघीयता पछिको पहिलो भएको र बझाङका १२ वटा स्थानीय तहमा १ सय ३७ वटा गणना क्षेत्र तोकिएको प्रमुख धामीले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जयपृथ्वी नगरपालिका नगरप्रमुख विरेन्द्र बहादुर खड्का, प्रहरी प्रमुख ज्ञानबहादुर बिष्ट, लगाएत पत्रकार सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया