खजुरामा एकीकृत समाजवादीको चुनावी अभियान सुरु

बाँके । नेकपा (एकीकृत समाजवादी) बाँकेले चुनावी अभियान सुरु गरेको छ । मंगलबार एकीकृत समाजवदीले खजुरा गाउँपालिकामा बृहत र्‍यालीको आयोजना गर्दै चुनावी अभियानको सुरु गरेको हो । एकीकृत समाजवादीको चुनावी अभियान पछि चुनावको आयो है भन्ने अनुभुती भएको खजुरा ३ का स्थानीय लालबहादुर ओलीले बताए ।

चुनावी अभियानको सुरुवात गर्दै खजुरामा एकीकृत समाजवादीको उपस्थिति जबर्जस्त रहेको बाँकेका नेता ऋषि पोखरेलले बताएका छन् । समाजवादीको चुनावी अभियान सुरु भएसँगै खजुरा गाउँपालिकामा चुनावको रौनकले छुट्टै माहोल बनाउदै गएको खजुराका एक स्थानीयले बताए ।

र्‍यालीमा एकीकृत समाजवदीका पोलिटब्युरो सदस्य दलबहादुर सुनार, केन्द्रीय सदस्य अशोक कोइराला, बाँकेका सचिव दिपक जिएम, नेताहरु लालबहादुर खत्री, युवा नेता विकास काउचा सहितको नेताहरुको उपस्थित थिए ।

प्रतिक्रिया