नेपालको बजेट प्रणाली मै समस्या छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट प्रणाली मै समस्या रहेको बताएका छन् । समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शर्माले यस्ताे बताएका हुन् । अर्धवाषिर्क समीक्षामार्फतबाट बजेटको आकार घटाएको उनले बताए । मन्त्री शर्माका अनुसार अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ ।

सरकारले सुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेरेर बजेट संशोधन गरेको हो । अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोडढ खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।

अब वित्तीय व्यवस्थातर्फको बजेट संशोधन गरेर १ खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ । यो वर्ष प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो । कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष सुरुशको विनियोजनको ९४.७ प्रतिशत मात्रै खर्च गर्ने गरी बजेट संशोधन भएको हो ।

बाँकी अवधिमा कार्ययोजना बनाएर काम उनको भनाइछ । यो नयाँ अनुमानमा निर्वाचन खर्च, कोभिड खोप, अनिवार्य दायित्वलाइ यथावत राखिएको मन्त्री शर्माले बताए ।

प्रतिक्रिया