‘नयाँ जंगबहादुरको पतन निश्चित छ’

पोखरा, ३ कात्तिक । एमाले सचिव शंकर पोखरेलले वर्तमान समयमा जंगबहादुर बन्न खोज्नेहरुको पतन सुनिश्चित रहेको वताएका छन् ।
उनले भने, ‘जंगबहादुर बन्न खोज्ने प्रधानमन्त्री बाबुराम भट्टराईको पतन पनि सुनिश्चित छ ।’ उनले सहमति र सहकार्याको यात्रालाई लत्याएर एकलौटी रुपमा सरकार चलाउन खोज्ने भट्टराई सरकारको पतन निश्चित रहेको दाबी गरे ।
एमाले कास्कीले आज पोखरामा आयोजना गरेको चियापान कार्यक्रममा पोखरेलले प्रधानमन्त्री भट्टराईले जनताको भावनालाई लत्याउने गरेको बताए । उनले भने, ‘राष्ट्रपतिलाई समेत नटेर्ने भट्टराईको शैली जंगबहादुरकै अवस्थाको छ ।’
वर्तमान गतिरोध अन्त्यका लागि दलहरुका बीचमा सहमतिको बिकल्प नभएको बताउँदै उनले सहमतिको वाधक प्रधानमन्त्री भट्टराई भएको आरोप लगाए । उनले भने, ‘सहमतिको बाधक एमाओवादी पनि हो ।’

प्रतिक्रिया