महाधिवेशन कार्यविधिमा ठोस निर्णय भएन

काठमाडौं, २५ असोज । माघ दोस्रो साता हुन लागेको महाधिवेशन सम्बन्धी कार्यविधिलाई अन्तिम रुप दिन बसेको एमाओवादीकाको बैठक ठोस निर्णय विना सक्किएको छ ।
काठमाडौंमा आज बसेको पदाधिकारी र संगठन विभागको बैठकमा महाधिवेश कार्यविधिमा छलफल भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । कार्यविधिमा छलफल भएपनि ठोस निर्णय हुन नसकेको उनको भनाई छ ।
बुधबारनै कार्यविधिले अन्तिम रुपपाए पनि ठोस निर्णयका लागि आज पुनः बैठक बसेको थियो । युरोप भ्रमणमा जान लागेका अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्किए पछि कार्यविधिलाई टुङगो लगाईने छ ।
एमाओवादीको विगत २२ वर्षदेखि हुन नसकेको महाधिवेशन आगामी माघ–१४ गते देखि हुँदैछ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि परामर्श भएको थियो ।

प्रतिक्रिया