पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका वडा नं २ सुर्जाहामा गएराती दुई घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सुर्जाहा गाउँका रामरतन दास तत्वाको घरमा भएको आगलागीबाट दूईवटा भैंसी र एउटा बाख्रा जलेका छन् । त्यस्तै, रमेशदास तत्वाको घरबाट एउटा पाडी र पाँचवटा बाख्रा जलेर गम्भीर रुपमा घाईते भएका छन् । आगलागीबाट दुईटै घर जलेर पूर्ण रुपमा क्षति भएका छन् । राती करिब १ बजे रामरतन दासको घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएपछी रमेश दासको घरमा समेत आगलागी भएको थियो ।
स्थानीय बासीन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय संदिप चौहानले बताए । आगलागीबाट ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनापछी पकहामैनपुर गाउँपालिका अध्यक्ष बिजय चौरसिया र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पकहामैनपुरले आगलागीको क्षतिबारे जानकारी तथा अनुगमन गरिएको र साथै पीडित परिवारलाई गाउँपालिकाबाट सहयोग गरिने बताए । घटना स्थलबाट प्रहरी बेसक्याम्प कटीबाट सय मिटर को दुरीमा भएपनी आगलगी हुँदा एकजना पनि आगो निभाउन नआएको स्थानीयले आरोप लगाएका छन् ।
प्रतिक्रिया