धनगढी । १५ घण्टाअघि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै अवरुद्ध छ। कैलालीको भासु भिर नजिक गएको पहिरोका कारण सोमबार साँझ ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध हुँदा ६० भन्दा बढी सवारी साधन र सयौं यात्रु अलपत्र परेको महेन्द्रनगरबाट बैतडी गइरहेका नन्दराज कलौनीले बताए। ‘पहिरोले गाडी जान नसक्दा हिजोबाट हामी अलपत्र परेका छौँ, घरिघरि माथिबाट ढुङ्गा खसिरहेका छन्, पानी पनि रोकिरहेको छैन,’ उनले भने ।
बिरामी बोकेका एम्बुलेन्ससहित दर्जनौ गाडी भिरमा रहेकाले माथिबाट निरन्तर आइरहेको ढुङ्गा र पहिरोमा पर्न सक्ने उच्च जोखिम छ । रातभरी सयौ यात्रुले भासु भिर नजिकै भिरमा त्रासदिपुर्ण रात बिताएको कलौनीले बताए । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले आज विहानदेख राजमार्ग खोल्ने प्रयास भइरहेको बताए । ‘राजमार्ग खोल्न एउटा डोजर पठाइएको थियो, तर एउटाले सम्भव भएन,’ उनले भने ।
प्रतिक्रिया