थपिए एक हजार २८२ जना संक्रमित, एक हजार २६२ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर एक हजार २८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै आजै संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमतिसँगै देशभर कुल संक्रमितको संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ । नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ भने ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेको मन्त्रालयले उल्लेख गरेको छ । तीमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३८५ जना आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २५६ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया