काठमाडौं । समाचारको विषयलाई लिएर रेडियो नयाँ कर्णाली एफएममा कार्यरत सञ्चारकर्मी ललित विष्टमाथि कार्यालय हाताभित्र भएको हातपात र कालिकोटस्थित गोरखापत्र संवाददाता प्रेमराज सिम्खडालाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सञ्चारकर्मी विष्टमाथि सामाजिक सञ्जाल र अनलाइनमा समाचारको स्रोत खुलाइ प्रकाशित गरेको भन्दै कालिकोट जिल्लास्थित शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले कार्यालय हाताभित्रै हातापात गरेको र उनका श्रीमान् बखत शाहीले गोरखापत्र संवाददाता सिम्खडालाई ज्यान मार्ने धम्की दिएको कालिकोट शाखाले जनाएको छ ।
कुनै पनि बहानामा स्थानीय निकायमा रहेका जिम्मेवार व्यक्ति र उनका श्रीमान्बाट पत्रकारमाथि यस किसिमको हर्कत हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेशविरोधी काम भएको पत्रकार महास.घका महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत जनमएका छन् ।
महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न र पत्रकार संवैधानिक स्वतन्त्रता र सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै, पत्रकार तथा सञ्चारकर्मीमा पनि पत्रकार आचारसंहिताको पूर्ण पालनासहित सञ्चारकर्ममा जुट्न महासंघले आहृवान गरेको छ ।
यसैगरी समाचार संकलनका क्रममा भादौ १० गते आइतबार महासंघ काठमाडौं शाखाका सदस्य एवं नेपाली जनता अनलाइनका सम्पादक यज्ञ ढकालमाथि काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाकालचौरका खरिद प्रमुखसहितका कर्मचारीबाट भएको हातपातको घटनाप्रति पनि महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले पत्रकारको संविधानप्रदत्त अधिकारमाथि भएको उक्त आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै हातपातमा संलग्नलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।
प्रतिक्रिया