बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिका २ स्थित बबई नदीमा अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरी रहेको अवस्थामा ट्याक्टर सहित चालक पक्राउ परेका छन । भे १ त ९५९६ र भे १ त ५७५८ नम्बरका दुई वटा ट्याक्टर र चालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
ट्याकटर चालकद्वय बर्दिया बारबर्दिया नगरपालिका १ जोगीगाउँ बस्ने बर्ष ३० को बिमल सुनार र सोहि ठाँउ बस्ने बर्ष ३० को थिरलाल बिकलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाको प्रहरी टोलिले पक्राउ गरेको छ । पक्राउ परेका दूवैजनालाई आवश्यक कारबाहीको लागी बारबर्दिया नगरपालिकाको कार्यालय जयनगर बर्दियामा पठाईएको छ ।
प्रतिक्रिया