यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ : भीम रावल

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा अमेरिकी सहयोगको एमसीसी सम्झौताबारे कुनै कुरा नभएको हेक्का राख्न स्मरण गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी सम्झौता अगाडि बढाउनसक्ने चर्चाबीच रावलले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने दोहोर्‍याएका छन् ।

रावलले ट्विटरमा लेखेका छन्, ‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।’

प्रतिक्रिया