सम्पदा ‘प्रेमगञ्ज’ मा

काठमाडौं । चलचित्र ‘प्रेमगञ्ज’ मा मुख्य कलाकारको रुपमा अभिनेत्री सम्पदा बानियाँ छनोट भएकी छन् । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको यस चलचित्रमा यसअघि अडिसनमार्फत केही कलाकार चयन भएका थिए ।

चलचित्रमा नायकमा तेज गिरी र नायिकामा बेनिशा हमालसँगै सम्पदा पनि छनोट भएको निर्माण पक्षले बताएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको यो चलचित्रको निर्देशन परिच्छेद सेनले गर्दैछन् ।

यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेको जनाइएको छ । चलचित्रमा अन्य कलाकारमा शिशिर राणा, रश्मी भट्ट, पवन भट्टराई, सञ्जोग रसाइली, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहने छ ।

विगत साढे दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यो चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । चलचित्र बैशाख पहिलो साताबाट छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया