काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले विपक्षी खेमामा रहेका विद्यार्थी नेताहरूलाई कारबाही गरेको छ । मंगलबार अनेरास्ववियूले माधव नेपाल पक्षका तीनजना नेताहरुलाई कारबाही गरेको हो ।
स्ववियूका आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको बताइएको छ । संगठनमा समानान्तर कमिटी गठन गरेको भन्दै अनेरास्ववियूका अध्यक्ष ऐन महरले उनीहरुलाइ कारबाही गरेका हुन् ।
यही चैत १० गते विद्यार्थी नेतृ लामासहित मात्रव नेपाल पक्षधर विद्यार्थी नेताहरुले अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए । त्यसपछि उनीहरु स्पष्टीकरण सोध्दा जवाफ नदिएकोले कारवाही गरेको महरले एक विज्ञप्तिमार्फत जनाइएका हुन् ।
प्रतिक्रिया