कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा स्थानिय संचितकोष व्यवस्थापन प्रणाली (शुत्र) को पूर्णरुपमा कार्यान्वयन भएको छ । अन्य स्थानीय तहका कामकाज शुत्रको माध्ययमबाट हुन थालेपछि शुभकालिका गाउँपालिकाले पनि (शुत्र)को कार्यान्वय गदै आर्थिक लेखाजोखा प्रणाली भरपर्दो र बलियो बनाएको छ ।
उक्त गाउँपालिकामा आर्थिक प्रशासनतिर विगतका वर्ष जस्तै लथालिंग भने देखिएको छैन । सबै काम शुत्रबाटै हुने भएकाले अहिले सेवाग्राहीलाई सहज वातावरण सृजना भएको छ । आर्थिक वर्ष २०७६–०७७ को आलेप सम्पन्न भइ आर्थिक वर्ष २०७७–०७८ को सम्पूर्ण कार्य संचालनमा आएर पनि कतिपय योजनाका कामहरु सम्पन्न भइसकेका छन् ।
सबै कार्य विवरण शुत्रमा इन्ट्री भएर पनि गाउँपालिकाले तीब्र गतिमा आर्थिक वर्ष २०७७–०७८ काम गरिरहेको छ । भौगोलिक कठिनाईका बावजुद सडक र विद्युतको अभाव भए पनि गाउँपालिकाले सौर्य उर्जा प्रयोग गरी सेवाग्राहीलाई सेवा दिइरहेको निमिक्त प्रमुख प्रशासकिय अधिकृत हस्तबहादुर शाहीले बताए ।
उनले गाउँपालिकाबाट दिइने सम्पूर्ण योजनाको रकम तथा कर्मचारीहरुको तलब विवरण सबै शुत्रबाटै गरिने भएकाले आर्थिक रकम हिनामिना नहुने बताए । प्रशासकीय अधिकृत शाहीका अनुसार स्थानिय संचितकोष व्यवस्थापन प्रणाली लागू भइसकेपछि कामकाजमा भने झन सहज र पारदर्शी भएको छ ।
यसले गर्दा जुनसुकै योजनाका कार्यहरुको भुक्तानी प्रक्रिया शुत्रबाट हुने भएकाले सेवाग्राहीलाई सजिलो तथा लेनदेन र कर्मचारीहरुले गर्ने काम एवं योजनाका काम भने पारदर्शी भएका छन् । आर्थिक वर्ष २०७६–०७७ का सम्पूर्ण योजनाहरुका कामहरु सन्पन्न भएकाले भुक्तानी प्रक्रिया पनि स्थानिय संचितकोष व्यवस्थापन प्रणालीबाटै भएको र काम सन्तोषजनक रहेको आर्थिक प्रशासन शाखाका प्रमुख सर्पानन्द उपाध्यायले बताए ।
संचितकोष व्यवस्थापन प्रणाली लागू भइसकेपछि गाउँपािलका स्तरमा हुने सम्पूर्ण कामहरु दिगो टिकाउ गर्नु तथा रकम लेनदेनमा उपभोक्ता समितिलाई पनि असहज हुने भएकाले कामहरु सन्तोषजनक रहेको उपाध्यायले बताए । ‘जुनसुकै योजनाहोस वा कर्मचारी सबैको भुक्तानी दिँदा पहिला हातले नै चेक काट्नु पथ्र्यो ।
तर, अहिले अनलाईन सिस्टमबाट नै कम्प्युटर प्रिन्ट चेक दिने गरेका छौँ’, उपाध्यायले भने । कोरोनाको महामारीले गर्दा काम भने ढिलाई भए पनि जुनसुकै योजनाहरुको काम गाउँपालिकास्तरमा पहिलेको भन्दा अहिले झन तीब्र गतिमा र अन्य कामहरु पहिलेको तुलनामा अहिले उत्तम भएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बताए ।
पहिला र अहिले शुभकालिका गाउँपालिकाको अवस्थाबारे स्थानिय सेवाग्राहीलाई बुझ्दा आजभोली जुनसुकै कार्यका लागि गाउँपालिकामा जादाँ सहज भएको बताएका छन् । कार्यालय व्यवस्थापन पनि उत्तम रहेकाले कामकाजमा सहज वातावरण रहेको स्थानीय नागरिकहरु बताउँछन् ।
विगतका दिनमा गाउँपालिकाको सम्पर्क कार्यालय सदरमुकाममै रहेकाले नागरिकहरुलाई सास्ती हुने गरेको थियो । अहिले गाउँपालिकामा कृषि विकास बैंकको शाखा सञ्चालनमा आएपछि गाउँपालिकामै नागरिकहरुले सहज रुपमा सेवा पाउने गरेका छन् । भौगोलिक दृष्टिकोणको आधारमा केही कठिनाई भए पनि गाउँपालिकाले नागरिकका समस्या बुझी काम गर्दा भने स्थानीयबासीहरुले स्थानीय सरकार आएको महसुस गरेका छन् ।
कालिकाेट
प्रतिक्रिया