प्रेस संगठनको भेला स्टिमरमा

स्याङ्जा । प्रेस संगठन नेपाल स्याङ्जा शाखाले जिल्ला भेला तथा अन्तत्र्रिmया कार्यक्रम कालीगण्डकी गाउँपालिकाको धार्मिक तथा पर्यटकीय स्थलमा सम्पन्न गरेको छ । लामो समयको कोरोना महामारीको कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उकासिँदै जाँदा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जलयातायात (स्टिमर)ं मा भेलाको आयोजना गरिएको हो । प्रेस जगतमा देखिएका समस्या र पछिल्लो राजनीतिक घटनाक्रमले सञ्चार क्षेत्रमा पारेको असरको विषयमा छलफल गरिएको संगठनका संयोजक मुक्तिप्रसाद न्यौपानेले बताए ।

शनिबार कार्यक्रमको उद्घाटन गर्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पत्रकारहरू समाज परिवर्तनका संवाहक भएको बताए । उनले भने, ‘पत्रकारले सम्प्रेषण गरेको एउटा मात्रै समाचारले सत्ता परिवर्तन गर्नसक्छ त्यसैले सञ्चार माध्यम राज्यको महत्वपूर्ण अंग रहेको छ ।’ समाचारको माध्यमबाट समाजका गतिविधि जनसमक्ष पुग्ने भएकाले समाजमा भएका कमीकमजोरीहरूलाई औँल्याउँदै राम्रा र सकारात्मक कुराहरूलाई सम्प्रेषण गर्न अध्यक्ष थापाले आग्रह गरे ।

कार्यक्रममा प्रेस संगठन नेपाल गण्डकी प्रदेश संयोजक शुष्मा पौडेलले पत्रकारहरूका पनि विविध समस्याहरू रहेको बताउँदै यसमा सम्बन्धित क्षेत्रहरूले समन्वयकारी भूमिका खेल्नुपर्ने बताइन् । जलयात्रा गर्दै स्टिमरमा गरिएको ऐतिहासिक भेला स्याङ्जा शाखाले गरेकोमा धन्यवाद व्यक्त गरिन् । भेलामा जिल्लाभरिका १८ बढी प्रेस संगठनमा आवद्ध क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । उक्त भेला तथा अन्तत्र्रिmया कार्यक्रममा जिल्ला समन्वय समितका उपाध्यक्ष दिलीपकुमार बगाले, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पारस गैह्रे, नेपाल कम्युनिस्ट पार्टी नेकपा वालिङ नगर कमिटी संयोजक राजेन्द्र डुमे्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया