विद्यालयमा लगाएको ताला खोलियो

सिन्धुली । श्री उच्च माध्यमिक विद्यालय गोल्नजोर गाउँपालिका–५ नयाँखर्कका विद्यार्थीले विद्यालयमा लगाएको ताला खोलिएको छ । माध्यमिक तहका विद्यार्थीहरूले लामो समयदेखि अंग्रेजी विषय पढाइ नभएको भन्दै विद्यायमा लगाएको ताला शुक्रबार खुल्ला गरिएको हो । विद्यालयका माध्यमिक तहको अंग्रेजी पढाउने शिक्षक कृष्णबहादुर थापा ४५ दिनसम्म विद्यायलमा अनुपस्थिति भएको र अंग्रेजी विषय हालसम्म पढाइ नभएका कारण विद्यार्थीहरूले विरोध गरी विद्यालयमा ताला लगाएका थिए । गोल्नजोर गाउँपालिका–५ का वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिलगायत विद्यार्थीहरूको बैठकले विद्यालयको ताला खोल्न विभिन्न निर्णय गरी ताला खोलिएको विद्यालयका पूर्वप्रधानध्यापक लेखबहादुर थापाले बताए ।

उनका अनुसार आइतबारदेखि अंग्रेजी विषय पढाइ हुने, निज शिक्षकलाई स्पष्टीकरणसहित कारबाही गर्ने, अंग्रेजी विषयको पाठ्क्रम नसकिने हुनाले विद्यालयले छुट्टै कक्षा व्यवस्था गरी पढाउने लगायतको निर्णय भएको छ । आइतबारसम्म शिक्षक कृष्णबहादुर थापा विद्यालयमा उपस्थिति नभएमा अर्को शिक्षक व्यवस्थापन गरी अंग्रेजी विषय पढाइ हुने पूर्वप्रधानाध्यापक थापाले बताए ।

प्रतिक्रिया