भिरबाट लडेर एक युवकको मृत्यु

प्युठान । प्युठानमा भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको प्युठान नगरपालिका– ९ ददेरीका ३६ वर्षिय विष्णुबहादुर खत्रीको सोही ठाउँको खानीखोला भिरबाट एक सय ५० मिटर तल खसेर मृत्यु भएको हो ।

आज बिहान ८ बजे मृत अवस्थामा खत्री भेटिएको खबर प्राप्त भएपछि थप जानकारीका लागि मरन्ठाना प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताए ।

मृत अवस्थामा भेटिएका खत्री बिहीवार भाईको घरमा मृत्यु संस्कारमा गई राती घरमा फर्र्किएको बुझिएको मरन्ठाना प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भिम बहादुर रानाले बताए ।

तर, खत्री राती घरमा नगएपछि परिवारले आज बिहान खोज्ने क्रममा मृत अवस्थामा उनकी बैहिनीले भेटेर प्रहरीलाई जानकारी दिएपछि प्रहरी घटना स्थल पुगेर आवश्यक अनुसन्धान प्रक्रिया थालेको छ ।

प्रतिक्रिया