काठमाडौं । धरानमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका ८ का ४६ वर्षीय र झापा दमक नगरपालिका १ का ५२ वर्षीय पुरुषको मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
बिपीमा उपचाररत धरानका संक्रमितमा २० कोरोना पुष्टि भएको थियो। उनलाई उच्च रक्तचाप रहेको प्रतिष्ठानका सह प्रवक्ता आशीष श्रेष्ठले जानकारी दिए। उनका अनुसार २१ गते दिउँसो २ बजेर ४५ मिनेटमा मृत्यु भएको हो।
त्यसैगरी, दमकका संक्रमितलाई १८ गते कोरोना पुष्टि भएको र सोही दिन कोभिड अस्पतालमा भर्ना भएका थिए। प्रतिष्ठानमा उपचाररत थिए। उनमा पनि दीर्घ रोग भएको श्रेष्ठले जानकारी दिए। योसँगै प्रतिष्ठानमा कोभिड संक्रमितको मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
प्रतिक्रिया