अरुणिमा एक वर्ष बूढी

काठमाडौ : नायिका अरुणिमा लम्साल कति वर्ष पुगिन् ? यो उनैलाई थाहा होला । उनी आफ्नो उमेर सार्वजनिक गर्न चाहन्नन्, न त ढाँट्छिन् नै । बरु यसो भन्छिन्, ‘उमेरै चाहिँ बताई नहालूँ क्यारे †’
सोमबार उनले आफ्नो बर्थ डे मनाइन्, आफन्त र नजिकका केही कलाकारका साथ । सबैभन्दा पहिला उपत्यकाबाहिर रहेका पतिले उनलाई विस गरेछन्, अनि कामै छोडेर अरुणिमाको खुसीमा सरिक हुन आइपुगेछन् । पतिको यस्तो मायालु व्यवहारले आफूलाई निकै खुसी लागेको उनले सौर्यलाई बताइन् । दिउँसो २ बजेदेखि मुस्लिम परिवारमा बिहे गरेकी सानीमा कहाँ इद र बर्थ डे एकैसाथ मनाउँदै गरेकी अरुणिमाले बेलुकी केक काट्ने र सबैभन्दा पहिले छोरी अक्षतालाई खुवाउने योजना बुनेकी रहिछन् ।
बिहानै उठेर मन्दिर जाने सोचे पनि उनले भ्याइनछिन् । जन्मदिनको शुभकामनाका फोन बिहानदेखि बेलुकीसम्म निरन्तर आइरहेको उनले सुनाइन्, ‘नजिकका साथी सबैले विस गरिसके, केही कलाकार छुटे होलान्, उनीहरू मेरा उत्ति नजिकका होइनन् पनि †’ उपत्यकाबाहिर र विदेशका आफन्त तथा शुभचिन्तकले पनि बर्थ डे विस गरेछन् उनलाई । ‘फेसबुक खोल्दा बर्थडे म्यासेज र कमेन्टको ओइरो नै लागेको रहेछ’, उत्साहसाथ भनिन्, ‘तर सबै म्यासेज हेर्नै पाएको छैन ।’ यतिका बर्थडेमध्ये कुन चाहिँ वर्षको सेलिब्रेसन अविस्मरणीय छ त उनका लागि ? ‘त्यस्तो अविस्मरणीय बर्थ डे भन्ने चाहिँ छैन,’ उनले भनिन्, ‘किनकि मेरा सबै बर्थ डे मनाउने तरिका समान छन्, उस्तै नियम ।’ एक सन्तानकी आमा बनेपछि अरुणिमा चलचित्रमा देखिएकी छैनन् । (सौस)

प्रतिक्रिया