१६५० भन्दा बढी यात्रुले पाए सडकमै राहत

कालिकोट । कर्णाली प्रदेशका जिल्लाहरुमा बाहीर देशबाट आउने नागरिकहरुलाई राहतस्वरुप खाना, नास्ता र अन्य स्वास्थ्य सामग्री वितरण गरिएको छ । साविक कर्णाली अञ्चलका जिल्लाहरु हुम्ला, जुम्ला, मुगु, डोल्फा र कालिकोटमा बाहिर देशबाट आउने नागरिकहरुलाई सदमुकाम मान्म र आसपासका बजार क्षेत्रहरुमा गाडीमै गएर राहत वितरण गर्ने कार्य निरन्तर चलिरहेको छ ।

ओदा फाउन्डेशनको मुख्य आयोजना तथा पृथ्वी विर रक्तदान फाउन्डेशनको सहयोग सहजिकरणमा जिल्लामा प्रवेश गर्ने नागरिकहरुलाई सडकमै गएर खाद्यान्नका सामानसँगै स्वास्थ्य सामग्री वितरण गरिँदै आएको छ । एक हप्ताको विवरण हेर्दा हालसम्म १६ सय ५० जनाभन्दा बढी नागरिकहरुले राहत पाएका छन् ।

यो अभियान निरन्तर चलिरहने ओदा फाउन्डेशनका प्रमुख करण सिंहले बताए । सिंहले विदेशबाट नेपाल फर्किने नागरिकहरुलाई बाटोमा असहज वातावरण सृजना नहोस भनी ओदा फाउन्डेसनको विशेष पहलमा सहयोगी संस्था welcome home nepal  ग्रुपको विशेष पहलमा राहतका सामग्री विरतण गरेको बताए ।

पृथ्वी विर रक्तदान फाउन्डेसनका अध्यक्ष रमितकुमार मल्लले कोरोनासँग विश्व लडिरहेको बेला आपत विपदमा परेकाको उद्धार र आर्थिक तथा नैतिक सहयोग गर्नु राम्रो पक्ष भएको भन्दै सबैलाई सतर्कता अपानाउन आग्रह गरे । प्रत्येक एक जनालाई १ हजार,२ सय सम्मको खाद्यान्न र स्वास्थ्य सामग्री विरतण गरिएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया