लक डाउनले प्युठान सुनसान (फोटो फिचर)

प्युठान । सरकारले गरेको आज बिहानैदेखि देशैभरी एक हप्ते लकडाउन लगाएसँगै प्युठानका सडक तथा बजार सुनसान भएका छन् । जिल्लामा अत्यावश्यक सवारीसाधन एम्बुलेन्स प्रेसका गाडीबाहेक कुनैपनी सवारीसाधन सञ्चालनमा कडाइ गर्नुका साथै मुख्य बजारसमेत बन्द रहेका छन् । स्थानीय प्रशासनले कडाइका साथ लागू गर्न बजार–चोकमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । अरु दिनभन्दा प्रायः सबैजसो बजार–चोकमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति रहेको देख्न सकिन्छ ।

स्थानीय जनता घरबाट बाहिर सडकमा–बजारमा आउन रोक लागाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय प्युठानले ठाउँ–ठाउँमा सुरक्षाकर्मीको तैनातलाई बाक्लो बनाएको हो । मंगलबार बिहान ६ बजेदेखि नै देशभर लकडाउन सुरु भइसकेको अवस्थामा सडकमा निस्किएका सर्वसाधरणहरूलाई सुरक्षाकर्मीले बाहिर नआउन सुझाव दिएको जिल्ला प्रहरी कार्यालय प्युठानका निमित्त प्रहरी प्रमुख पोषणराज ढकालले जानकारी दिए ।

देशभर लकडाउन सुरु गरेसँगै प्युठानको मुख्य सडक तथा बजार सुनसान रहेका छन् । प्रहरीले सडकचोकमा निस्किएका मानिसहरूलाई सोधखोज र चेकजाँचमा कडाइ गरेकाले बाहिर निस्कँदा रोगको महामारीलाई ख्याल गर्न स्थानीयलाई सुझाव दिएको छ । प्रहरी प्रमुख ढकालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मानिसहरूलाई घरबाट बाहिर निस्कनबाट रोक्ने अभियान तिब्रता पारिएको बताए ।

जिल्लाका मुख्य बजार बाग्दुला, बिजुवार, जुम्री, मरन्ठाना मजुवा, सदरमुकाम खलंगा, नयाँगाउँ चकचके, भिग्री, बहाने, मच्छी, लागाएत गाउँ गाउँमा समेत नीग्रानी बढाएको उनको भनाइ छ । बाहिर विभिन्न सहर तथा अन्य मुलुकबाट आएका यात्रुहरू बाटोमा अलपत्र परेको गुनासो आएपछी उनिहरूको व्यवस्थापनको लागि छलफल भइरहेको प्रहरी प्रमुख ढकालले बताए ।

त्यस्तै, जिल्ला बाहिरबाट प्युठान आउँदै गरेका २५ मोटरसाइकल सवार यात्रुलाई दरवान प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरूलाइ दरवान हेल्थ डेक्समा चेकजाँच पछि प्रहरी नियन्त्रणमा राखिएको ढकालले जानकारी दिए । उनिहरूलाई कसरी गन्तव्य सम्म पुर्याउने भन्नेबारे छलफल भइरहेको बताए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया