देवघाटमा प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु, ३१ घाइते

काठमाडैँ । तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरीको गाडी दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । उक्त घटनामा ३१ जना प्रहरी घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी सन्दीप केसी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

देवघाटमा माघे संक्रान्ति मेलाको सुरक्षाको लागि पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जनाएको । गाडीमा ३४ प्रहरी सवार थिए । घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया