ग्राण्डी अस्पतालमा बच्चाको मृत्युपछि बिरोध प्रदर्शन

काठमाडौँ । काठमाडौँको ग्राण्डी अस्पतालमा बच्चाको उपचार गर्ने क्रममा मृत्यु भएपछि मृतक बच्चाका आफन्तले छानबिनको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।

गोल्फुटारकी निशा तामाङले गत असार २० गते जुम्ल्याह बच्चाको जन्म दिएकी थिइन् । दुई बच्चा मध्ये एकको यही साउन ६ गते मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीका कारण बच्चाको मृत्यु भएको आफ्न्तले दाबी गरेका छन् ।

सामान्य अवस्थामा रहेको बच्चालाई अस्पतालले पैसाको लागि एनआइसीयूमा राखेर डाक्टरको लापरवाहीले मृत्यु भएको बच्चाका बुबा दोर्जे तामाङले आरोप लगाएका छन् ।

प्रतिक्रिया