धन्न बचिन् रिहाना

आगलागीबाट पपस्टार रिहाना बचेकी छन् । उनी बसेको लन्डनको एक होटलमा एक्कासि आगलागी भएपछि उनीसहित तीनजनालाई सुरक्षित निकालिएको थियो । होटलको लिफ्टमा आगो लागेपछि अन्यत्र फैलिएको हो ।
होटलबाट निस्किएपछि रिहानाले घटनास्थलका केही तस्बिर ट्विटरमा राखेकी छन् । आगो निभाउन आएको दमकलको फोटो पनि उनले राखेकी छन् । आगलागीबाट उनी सुरक्षित निस्किएपछि यसले रिहानाका प्रशंसकलाई प्रशन्न बनाएको छ । (एजेन्सी)

प्रतिक्रिया