सहमतिभन्दा बाहीर गए सिके राउतलाई पनि प्रतिबन्ध लगाइने

धनुषा । मधेश गठबन्धनका पृथकतावादी नेता तथा संयोजक डा. सिके राउत ११ बुँदे सम्झौता भन्दा बाहिर गएर मुलुक विखण्डन कार्य जस्ता गतिविधिमा लागे उनलाई पनि बिप्लव माओवादीका समुहलाई जस्तै प्रतिबन्ध लगाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले आज जनकपुरधामस्थित दुधमती पुलको शिलान्यास गर्दै सो कुरा बताएका छन् ।

मन्त्री महासेठले भने, ‘सिके राउत मुलधारमा आउन खोजेकाले नै सरकारले ११ बुँदे सहमति गरेको हो, तर सम्झौता भन्दा बाहिर गएर मुलुक बिखण्डन क्रियाकलाप अझै जारी राखे विप्लव माओवादी र सिके राउतबीच कुनै पनि फरक न छुट्याईकन प्रतिबन्ध लगाइने छ ।

नेकपाका नेताहरूले सिके राउतसँग सम्झौता गर्दा पार्टीसँग सल्लाह नगरेको गुनासोबारे उनले देशको सार्वभौम सत्तासँग जुडिएको बिषयलाई सल्लाह सुझाव लिनुपर्ने जरुरी नभएको बताए ।

प्रतिक्रिया