काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले दुई विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक २०७५ र भूउपयोग विधेयक २०७५ छन् ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले भूउपयोग विधेयक प्रस्तुत गरेका थिए ।
विधेयकमाथिको छलफलमा ठगेन्द्रप्रकाश पुरी, राधेश्याम अधिकारी, रामनारायण बिडारी, अनिता देवकोटा, दुर्गाप्रसाद उपाध्याय र बृन्दादेवी आलेले भाग लिँदै जमीनको प्रभावकारी वर्गीकरणको आवश्यकता औँल्याए ।
मन्त्री अर्यालले कृषियोग्य जमीन बाँझो नछाड्न र भूउपयोगलाई व्यवस्थित गर्न विधेयक आएको बताइन् । उनले जमीनको परीक्षणका आधारमा उपयोगिता र वर्गीकरण गरिने स्पष्ट पारिन् ।
प्रतिक्रिया