किन गर्दै छन् पूर्वराजा ज्ञानेन्द्रले मधेस भ्रमण ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मधेस भ्रमण गर्ने भएका छन् । उनको भ्रमण कार्यक्रमसमेत सार्वजनिक भइसकेको छ । आज २७ गते पूर्वराजाका ज्ञानेन्द्रका प्रेस संयोजक फणि पाठकले भ्रमणबारे कार्यक्रम सार्वजनिक गरेका छन् । उनका अनुसार पूर्वराजा शाहको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट सुरु हुने बताइएको छ ।

भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर र सप्तरीसम्म जाने भएका छन् । यसअघि फागुन २२ गते हुने भनिएको उनको मधेस भ्रमण आमा रत्नको स्वास्थ्यमा समस्या भएपछि स्थगीत गरिएको थियो ।

त्यस अनुसार ज्ञानेन्द्रले जनकपुरलाई केन्द्र बनाएर धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा देवताका मठ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको थियो। पूर्वराजाले यसअघि पनि पटक पटक मधेसका विभिन्न जिल्लाको भ्रमण गर्दै आफ्ना समर्थकहरुसँग भेटघाट गर्दै आएका थिए ।

प्रतिक्रिया