स्वर्गीय मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सकिने

काठमाडौँ । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सकिने भएको छ ।

मन्त्री अधिकारीको पोखरा मालेपाटन निवासमा उनको काजकिरिया ७ दिनमा सकिने अस्वर्गीय मन्त्रीका साथी धनराज आचार्यले जानकारी दिए । मन्त्री अधिकारीको आजै शवयात्रा गरेर नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्तिम दाहासंस्कार गरिने छ ।

प्रतिक्रिया