प्रधानमन्त्रीद्वारा खुला छलफल गर्न निर्देशन

काठमाडाैँ । फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला पमा छलफल गर्न निर्देशन दिएका छन् ।

भोली देखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् । आज जल तथा उर्जा आयोगको सचिबालय पञ्चेश्वरको आयोजनामा प्रधानमन्त्री ओलीलाई जानकारी गराउन सिंहदरबारमा बोलाइएको थियो ।

सोही बैठकमा नेपाल भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । ओलीले २३ बर्ष अघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घन मिटर प्रति सेकेण्ड ३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस बिषयलाई गम्भिरताका साथ उठाउनु पर्ने बताए ।

प्रतिक्रिया